घरमा एउटा मात्रै मुसा आयो भने हामी दिक्क हुन्छौं । किनभने मुसाले घरमा फोहोर मात्रै गर्दैन, लुगा काट्नेदेखि यसले धेरै चीजहरू बिगार्छ । जसलाई भगाउन हामी पासो थाप्नेदेखि विभिन्न विषादीको पनि प्रयोग गर्छौं ।
यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, केरासँग मुसा डराउँछन् । किनभने केरामा एक विशेष प्रकारको रसायन हुन्छ । जसको गन्धले मात्रै पनि मुसा भाग्छन् । एक अनुसन्धानका क्रममा वैज्ञानिकहरूले मुसामा तनाव हर्मोन पाइने कुरा पत्ता लगाएका थिए । त्यसैले मुसाहरु केरादेखि भाग्छन् ।
साइन्स एडभान्स जर्नलकाे एउटा अनुसन्धान भएको छ, जसका प्रमुख लेखक हुन् जेफ्री मोगिल । उनका अनुसार अनुसन्धानमा वयस्क भाले मुसाहरु साना पोथी मुसाहरुप्रति बढी आकर्षित हुन्छन् । तर आफ्ना बच्चाहरु जोगाउन पोथी मुसाहरुले पिसाबको माध्यमबाट शरीरबाट बाहिर रसायन निकाल्छन् । जसको गन्धले गर्दा भाले मुसाहरु तनावमा हुन्छन् र भाग्छन् ।
अनुसन्धानकै क्रममा यही रसायन केरामा पनि पाइएको छ । जसले गर्दा मुसाहरु केरा देख्नै बितिक्कै आफै भाग्छन् ।
अनुसन्धानमा यस्तो के भयो ?
केराको सुगन्ध सुँघेपछि मुसा किन भाग्छन त ? वैज्ञानिकहरूले यो पुष्टि गर्न केराको तेल लिए र यो तेल कपासमा हालेर मुसाको खोरमा राखे । त्यसपछि मुसाले सुँघ्ने बित्तिकै उनीहरूको तनावको स्तर धेरै हदसम्म बढ्यो र मुसा भाग्यो । किनभने केराको तेलको सुगन्ध मुसाको पिसाब जस्तै हुन्छ । यसको मतलब यदि मुसाको नजिक केराको गन्ध राख्यौं भने मुसा त्यस ठाउँमा जाँदैन ।





























प्रतिक्रिया