इजरायलमा भेटियो ५ लाख वर्ष पुरानो दैत्य हात्तीको दात

इजरायलमा भेटियो ५ लाख वर्ष पुरानो दैत्य हात्तीको दात


पुरातत्वविद्हरूले इजरायलमा पुरानो हात्तीको दाँत फेला पारेका छन् । 

यो हात्तीलाई ऐतिहासिक मानवहरूले शिकार गरेको विश्वास गरिन्छ । यो हात्ती दक्षिणी इजरायलको रेटनमा फेला परेको हो । यो करिब आधा मिलियन वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ । हात्तीको दाँतको लम्बाइले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ किनकी हात्तीको दाँतको लम्बाई आठ फिट लामो छ । यो पुरातन हात्तीहरूको अध्ययन गर्ने जीवविज्ञानी ईटन पीककले पत्ता लगाएका थिए । 
यो दाँत भएको हात्तीको साइज दैत्यको आकारको भएको मानिन्छ । यो आजको अफ्रिकी हात्ती भन्दा दोब्बर साइज हात्ती हो ।

आजको दिनमा अफ्रिकी हात्तीहरू पृथ्वीमा पाइने सबैभन्दा ठूलो भूमि स्तनधारी जनावर हुन् । भेटाइएको हात्तीको दाँत सीधा छ । वैज्ञानिकहरूले विश्वास गर्छन् कि हात्तीहरू ५ लाख वर्ष पहिले समाप्त हुनु अघि युरोप र मध्य पूर्वमा अन्य स्तनपायीहरूसँगै घुमिरहेका थिए । दाँत भेटने वैज्ञानिक इटन भन्छन्, ‘मैले यसलाई जमिनबाट अलिकति बाहिर निस्किएको देखेँ, यो ठूलो जनावरको हड्डीजस्तो देखिन्थ्यो ।

ईटन मोरेले थपे, ‘जब मैले यसलाई नजिकबाट हेरेँ, मलाई थाहा भयो कि यो केहि फरक थियो, त्यसपछि मैले तुरुन्तै यसको बारेमा जानकारी दिए ।’ इजरायल पुरातात्विक प्राधिकरण (आईएए) ले भन्यो, ‘वैज्ञानिकहरूले सुरुमा यो खोजको बारेमा आफ्नो आँखालाई विश्वास गर्न सकेनन् ।’ 

यो ५ लाख वर्ष पुरानो हात्तीको दाँत राम्रो अवस्थामा फेला पर्नु ठूलो खोज भएको आईएएले जनाएको छ । यो इजरायल नजिकैको ऐतिहासिक स्थलमा भेटिएको सबैभन्दा ठूलो पूर्ण जीवाश्म हो । दाँत धेरै नाजुक अवस्थामा छ । यसको उत्खनन सुस्त गतिमा भइरहेको छ । हावा र घामको सम्पर्कले दाँत नष्ट हुने सम्भावना बढी हुन्छ । पुरातत्वविद्हरूले यो हात्तीको दाँतको पुरातन मानवसँग केही सम्बन्ध हुनसक्ने अनुमान गरेका छन् । किनभने यो हात्तीको दाँत अन्य कलाकृतिहरू भन्दा फरक छ ।

Logo