भारतमा बनेको रुघाखोकीको सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु

भारतमा बनेको रुघाखोकीको सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु


पश्चिम अफ्रिकी देश गाम्बियामा भारतीय औषधि कम्पनीले बनाएको डिकन्जेस्टेन्ट र कफ सिरप पिउँदा ६६ बालबालिकाको मृत्यु भएको छ । 

यो दाबीसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यी सिरप प्रयोग नगर्न चेतावनी दिएको छ । दिल्लीको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यस विषयमा छानबिन गर्न आदेश दिएको छ। यी कफ सिरप हरियाणाको एक कम्पनीमा बनाइन्छ।

 तिनीहरूको उपभोगले गाम्बियामा ठूलो मात्रामा बालबालिकाको मृत्यु भएको दाबी गरेको छ। डब्लुएचओले बुधबार जारी गरेको एक प्रतिवेदनमा खोकीको औषधि डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल मानवका लागि विषजस्तै भएको बताएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बालबालिकाको मृत्यु चारवटा औषधिका कारण भएको बताए । 

यी सिरपको सेवनले उनीहरुको मिर्गौला बिग्रिएको थियो । डब्ल्यूएचओले यसका लागि औषधि कम्पनी र भारत सरकारका नियामक निकायहरूसँग यी औषधिहरूको अनुसन्धान गरिरहेको छ।  विश्वका अन्य देशलाई पनि चेतावनी दिइएको छ ।

Logo