अष्ट्रेलियाका विज्ञहरूका अनुसार २० देखि ३० करोड वर्षपछि पृथ्वीमा ‘एमेशिया’ सुपर महाद्वीप बन्ने

अष्ट्रेलियाका विज्ञहरूका अनुसार २० देखि ३० करोड वर्षपछि पृथ्वीमा ‘एमेशिया’ सुपर महाद्वीप बन्ने


अष्ट्रेलियाका वैज्ञानिकहरूले प्रशान्त महासागर निरन्तर संकुचित भइरहेको रिपोर्ट सार्वजनिक गरेका छन् । 

प्रशान्त महासागर निरन्तर संकुचित हुनुको कारण नयाँ महादेश बनिरहनु हो । यो महादेश अमेरिका र एसियाको भूमिबाट बन्ने हुनाले यस महादेशको नाम एमेशिया हुनेछ । यो महादेश २०–३० करोड वर्ष पछि अस्तित्वमा आउनेछ । अहिले पृथ्वीमा सात महादेश छन् । एउटा नयाँ महादेश बन्ने प्रक्रियामा छ । वैज्ञानिकहरूका अनुसार प्रशान्त महासागरको आकार सानो हुँदै एउटा नयाँ महाद्वीप बन्नेछ जसको नाम एमेसिया राखिएको छ । अष्ट्रेलियाका विज्ञहरूले प्रशान्त महासागर प्रत्येक वर्ष एक इन्च घट्दै गएको प्रक्षेपण गरेका छन् । वैज्ञानिकहरू भन्छन् यो निकट भविष्यमा हुने कुरा होइन । सायद यो महाद्वीप बन्नेसम्म पृथ्वीमा मानिस बाँच्न नसक्ने उनीहरुको विश्वास छ ।

वैज्ञानिकहरूले महादेशको बन्ने समयबारे गणना गरेका छन् । जस अनुसार २० देखि ३० करोड वर्षमा सुपर महाद्वीप बन्नेछ । अमेरिका र एसियाको भूमि मिलेर एमेसिया महादेश बन्नेछ । अष्ट्रेलियाको पर्थस्थित कार्टिन युनिभर्सिटीका वैज्ञानिकहरूले सुपर कम्प्युटर सिमुलेशन मार्फत यो भविष्यवाणी गरेका हुन् । नेशनल साइन्स रिभ्युमा, वैज्ञानिकहरूले लेखेका छन्, ‘पृथ्वीका ज्ञात सुपरमहाद्वीपहरू अन्तर्मुखी र बहिर्मुखी जस्ता धेरै फरक तरिकामा बनेको विश्वास गरिन्छ ।’ भित्री महासागरहरू पहिलेको महाद्वीपको विच्छेदको समयमा बनेका थिए । वैज्ञानिकहरू भन्छन् ‘यो अझै स्पष्ट छैन कि सुपर महाद्वीप चक्रको यस्तो भिन्न व्यवहारको कारण के हो ? 

वैज्ञानिकहरूले ४–डी जियोडायनामिक मोडलिङ प्रयोग गरेर यस प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छन् । नुना, संसारको सबैभन्दा पुरानो ज्ञात महाद्वीप, लगभग १८० मिलियन वर्ष पहिले बनेको थियो । कर्टिनको अर्थ डाइनामिक्स रिसर्च ग्रुपका चुआन हुआङले सुपरमहाद्वीप बन्न सयौं वर्ष लाग्ने बताए । वैज्ञानिकहरूले भनेका छन् विगत २ अर्ब वर्षदेखि पृथ्वीमा महाद्वीपहरू एकअर्कासँग भेट्दै आएका छन् । प्रत्येक ६० करोड वर्षमा एक विशाल महाद्वीप बन्छ । जुन यसको चक्र मध्ये एक हो ।

आगामी केही करोड वर्षपछि हाम्रा महाद्वीपहरू फेरि एकपटक एकसाथ आउनेछन् । वैज्ञानिकहरूले यो सम्भावित महाद्वीपलाई एमेसिया नाम दिनुको कारण पनि बताए । किनभने यो अमेरिका र एसियाको मिलनबाट बन्ने छ । यी दुईलाई मिलाएर यसलाई एमेसिया नाम दिइएको हो । 

Logo