विश्वभर कोरोनाको छायाँ अलिकति कम भएपनि चीन अझै कडा प्रतिबन्धको अवधिबाट गुज्रिरहेको छ । चीनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ र यसका कारण फेरि कडा प्रतिबन्ध फिर्ता आएको छ । अर्को हप्ता बेइजिङमा कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक बस्दैछ ।
उत्तरी चीनको शान्सी प्रान्तको फेनयाङ सहरमा सोमबारदेखि प्रतिबन्धहरू सुरु भएको हो। चिनियाँ सञ्चारमाध्यमका अनुसार सहरभरि परीक्षणमा कोरोना संक्रमितको संख्या बढेको छ । छिमेकी इनर मंगोलिया क्षेत्रको राजधानी होहोटमा बाहिरबाट आउने सवारी साधन र मानिसलाई प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध मंगलबारदेखि लागू भएकाे छ ।
होहोटमा पछिल्लो १२ दिनमा २ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीन विश्वका थोरै देशहरूमध्ये एक हो जहाँ कोरोना संक्रमण फैलिन नदिन अझै पनि कडा प्रतिबन्ध लगाइएको छ। सत्तारुढ कम्युनिष्ट पार्टी कोरोना संक्रमणलाई लिएर निकै चिन्तित छ । त्यसको कारण आगामी आइतबार बस्ने पार्टीको महत्वपूर्ण बैठक हो । ५ वर्षमा एक पटक हुने यो बैठकमा पार्टीले आफ्नो राम्रो छवि देशसामु प्रस्तुत गर्न चाहन्छ ।
चीनको राजधानी सांघाईका जनताले यस वर्षको सुरुदेखि नै कडा लकडाउनको सामना गरिरहेका छन् । यहाँ लगातार कोरोनाको केसहरु बढिरहेका छन् । गत हप्ता, सांघाईले पनि सिनेमा र मनोरन्जन स्थलहरू बन्द गर्ने निर्णय गरेको थियो। चिनियाँ नागरिकहरू एक हप्ताको निस्शुल्क भाइरस परीक्षणको लागि लाइनमा उभिनु सामान्य अभ्यास भएको छ। बेइजिङ र अन्य शहरहरूमा पार्क, कार्यालय भवन, पसल र अन्य सार्वजनिक स्थानहरूमा प्रवेश गर्न ७२ घण्टा भित्र नकारात्मक कोरोना परिणाम आवश्यक गरिएको छ।





























प्रतिक्रिया