रुसी विमान आवासीय भवनमा खस्दा ६ जनाको मृत्यु, १९ घाइते

रुसी विमान आवासीय भवनमा खस्दा ६ जनाको मृत्यु, १९ घाइते


एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ ।

 दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  युक्रेनको सीमा नजिक रुसको ययास्क सहरमा सुपरसोनिक लडाकु जहाज आवासीय भवनमा ठोक्किएर दुर्घटना भएको हो । घटनामा अरु कम्तीमा १९ जना घाइते भएका छन् । घाइते हुनेमा आवसीय भवनका बालबालिकासमेत छन् । एउटा ९ तले भवनमा लडाकु जहाज ठोक्किएपछि त्यहाँ आगोको मुस्लो देखिएको जनाइएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार जहाज ठोक्किएको भवनबाट कम्तीमा ६ जना मानिस बेपत्ता छन् । सुखोई एसयू–३४ जहाज आवसीय भवनमा बजारिनुअघि चालक दलका सदस्यहरु विमानबाट बाहिर निस्किन सफल भएका थिए । रुसी रक्षा मन्त्रालयले परीक्षण उडानका क्रममा एउटा इन्जिनमा आगो लागेपछि लडाकु जहाज दुर्घटना भएको जनाएको छ ।

एजेन्सी

Logo