फिलिपिन्समा बाढीः ३१ जनाको मृत्यु, कयौं बेपत्ता

फिलिपिन्समा बाढीः ३१ जनाको मृत्यु, कयौं बेपत्ता

केन्द्रबिन्दु
0
Shares

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कयौँ बेपत्ता भएका छन्। 

 मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक  एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो । डुबेर र पहिरोमा परी उनीहरूको ज्यान गएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । 

मागुइन्डानाओको प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । -सिन्ह्वा

Logo