इमरान खानमाथि गोली प्रहार

इमरान खानमाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसमा गोली प्रहार भएको छ । 

आक्रमणमा पीटीआई पार्टीका थप चार जना सदस्य घाइते भएका छन् । इमरानको खुट्टामा चोट लागेको बताइएको छ ।

उनी खतरामुक्त रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

७० वर्षीय खानले आफूलाई अपदस्थ गरेपछि तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा मार्चको नेतृत्व गरिरहेका थिए।

एक वरिष्ठ सहयोगीले भनेका छन्, 'यो उनलाई मार्ने प्रयास थियो, उनको हत्या गर्ने प्रयास थियो ।' 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

Skip This
Skip This
Logo