युक्रेन युद्धःक्रेमलिनसँग ‘सञ्चार’ गरेको अमेरिकाद्वारा पुष्टि

युक्रेन युद्धःक्रेमलिनसँग ‘सञ्चार’ गरेको अमेरिकाद्वारा पुष्टि

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्ध भए पनि वासिंगटन र मस्कोबीच सञ्चार च्यानलहरू खुला रहेको पुष्टि गरेका छन् । 

न्युयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकी हितमा रहेको बताए । ह्वाइट हाउसले युक्रेनमा आणविक वृद्धि रोक्नको लागि सुलिवानले रुससँग वार्ताको नेतृत्व गरिरहेको रिपोर्टलाई अस्वीकार गरिरहेको सन्दर्भमा पछिल्लो विवरण सार्वजनिक भएको हो । 

वाल स्ट्रिट जर्नलका अनुसार सुलिवानले आफ्ना रुसी समकक्ष, सुरक्षा परिषद् सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनामा गोप्य छलफल गरेका छन् । 

वरिष्ठ अधिकारीहरूले वाल स्ट्रिट जर्नललाई जनाएअनुसार उनीहरूले युक्रेनको युद्धमा आणविक वृद्धिको जोखिमबाट जोगाउने तरिकाहरूबारे छलफल गरेका थिए, तर द्वन्द्व अन्त्य गर्ने उपायमा कुनै वार्तामा संलग्न थिएनन्।
 

Skip This
Skip This
Logo