अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए

अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए

केन्द्रबिन्दु
0
Shares

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । 

आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् । युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन् ।

एजेन्सी 

Logo