विश्वमा कोरोना : १८० दिनमा १ करोड संक्रमित, ४३ दिनमै २ दुई करोड पुग्यो

विश्वमा कोरोना : १८० दिनमा १ करोड संक्रमित, ४३ दिनमै २ दुई करोड पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या आइतबार २ करोड पुगेको छ । १ करोड संक्रमण १८० दिनमा देखिएको थियो भने ४३ दिनमा संक्रमणले १ करोड पार गरेको छ ।

३१ डिसेम्बरमा पहिलो संक्रमित चीनको वुहान सहरमा देखिएको थियो । अहिले संक्रमणले २ करोड पार गरेको छ । संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा मात्र ५० प्रतिशत अर्थात १ करोड संक्रमित भएका छन् । उत्तर अमेरिका महाद्वीपमा संसारकै सबैभन्दा बढी संक्रमित छन् । यहाँ ६० लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ३२ लाख ३० हजार बढी निको भएका छन् भने २ लाख ३३ हजार ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै दक्षिण अमेरिकामा हालसम्म ४७ लाख भन्दा बढी संक्रमित भएका छन् । यी मध्ये २० लाख ९४ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । यहाँ ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार बढी पुगिसकेको छ । यहाँ सबैभन्दा बढी संक्रमित हुने देश ब्राजिल हो जहाँ ३० लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

एशियाका अधिकांश जसो संक्रमित भारतमा

एशियामा ५९ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ४३ प्रतिशत संक्रमण भारतमा मात्र छन् । यहाँ संक्रमणका २४ लाख भन्दा बढी केसहरु देखिएको छ । कोरोनाबाट एशियामा १ लाख भन्दा बढीको ज्यान गइसकेको छ । भाइरसबाट प्रभावित हुने एशियाका देशहरुमा भारतपछि इरान रहेको छ ।

यस्तै यूरोपमा ३० लाख भन्दा बढी संक्रमण भइसकेका छन् । जसमध्ये १८ लाख १६ हजार बढी उपचारपछि घर फर्किएका छन् भने २ लाख ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यूरोपमा मार्चदेखि मेसम्म स्पेन, इटाली र फ्रान्समा संक्रमण द्रुत गतिमा बढेको थियो । यस समयमा यहाँ सबैभन्दा बढी संक्रमित देश रसिया हो । जहाँ ८ लाख ८२ हजार भन्दा बढी संक्रमित भएका थिए ।

त्यस्तै अफ्रिकामा संक्रमितको संख्याले १० लाख नाघेको छ । यहाँ ४ लाख बढी उपचारपछि निको भएका छन् भने, २३ हजार बढीको मृत्यु भइसकेको छ । यहाँ सबैभन्दा बढी संक्रमित देश दक्षिण अफ्रिका हो । त्यहाँ ५ लाख ५० हजार बढी संक्रमित भएका छन् ।

संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार, कोरोना महामारीका कारण अफ्रिकाको अर्थतन्त्र ठूलो खतरामा परेको छ । जसले गर्दा यहाँ धेरै मानिसहरु गरीबीमा धकेल्न सक्ने सम्भावना देखिएको छ ।

Logo