ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् ।
बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा निर्वाचनको परिणामबारे कुनैप्रतिक्रिया दिएका थिएनन् ।
"म लगभग ४० दिनदेखि मौन छु। यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ। यद्पि म सधैं खुसी हुने व्यक्ति हुँ।" उनले भनेका छन्।
बोल्सोनारोको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन समेत गरेका थिए। बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन्। -एएफपी





























प्रतिक्रिया