विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्तः पोप

विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्तः पोप

केन्द्रबिन्दु
0
Shares

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले भ्याटिकनबाट आफ्नो वार्षिक क्रिसमस डेको अवसरमा दिएको सन्देशमा विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्त भएको बताएका छन् ।

उनले युक्रेनमा अर्थहीन युद्ध को अन्त्यको लागि आह्वान गरे । युक्रेनले विश्वको गहुँको लगभग ३०% ढुवानी गरेको छ र फेब्रुवरीमा रुसी आक्रमणपछि मूल्य बढेको छ । पोप फ्रान्सिसले पोपको पद ग्रहण गरेदेखि यो १०औँ क्रिसमस डेको सम्बोधन थियो । उनले मध्यपूर्व, म्यानमार, हाइटी र अफ्रिकाको साहेल क्षेत्रमा द्वन्द्व र मानवीय संकटको चर्चा गरे ।

सेन्ट पिटर स्क्वायरलाई हेरेर बासिलिकाको बालकनीबाट बोल्दै ८६ वर्षीय पोपले युद्धको मानवीय मूल्यमा शोक व्यक्त गरे ।  उनले “दिनहुँ ठूलो मात्रामा खाना खेर जाँदा र हतियारमा खर्च भइरहेको बेला भोकै बस्ने“ लाई नबिर्सन आग्रह गरे ।

एजेन्सी

Logo