तालिबानले लागु गरेकाे महिला लक्षित नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघकाे माग

तालिबानले लागु गरेकाे महिला लक्षित नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघकाे माग

केन्द्रबिन्दु
0
Shares

तालिबानले अफगानिस्तानमा लागु गरेकाे महिला लक्षित आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  संयुक्त राष्ट्रसंघले माग गरेको छ ।

‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भने । उनले अगाडि भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ । उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए।

शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।

 

Logo