दिल्लीको वृद्धाश्रममा आगलागी, दुई वृद्धाको मृत्यु

दिल्लीको वृद्धाश्रममा आगलागी, दुई वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको दक्षिण दिल्लीस्थीत ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी हुदाँ दुई जनाको मृत्यु भएको छ ।

ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

Logo