भारतमा एकैदिन थपिए ६२ हजार संक्रमित, कूल संख्या २० लाख नाघ्यो

भारतमा एकैदिन थपिए ६२ हजार संक्रमित, कूल संख्या २० लाख नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतमा विगत २४ घण्टामा अहिले सम्मकै धेरै ६२ हजार बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा थप ६२ हजार १७० जना संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको कूल संख्या २० लाख २५ हजार ४०९ पुगेको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा छ ।

यहाँ १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६ हजार ३८७ जना संक्रमितको अहिले पनि उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमितको मृत्यु भएको छ । अब यहाँ ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको छ ।

Logo