चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम हट्यो

चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम हट्यो

केन्द्रबिन्दु
0
Shares

चीनले आइतवार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ ।

लगभग तीन वर्षको स्वआइसोलेसनको अन्त्य गर्दै देशले कोभिड केसहरूमा बृद्धि भएको बेला आइतवारदेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो । बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड संक्रमित बनेका छन् । प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ । 
 

Logo