चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा मात्रै ६० हजारको मृत्यु

चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा मात्रै ६० हजारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चीनमा पछिल्लो एक महिनामा कोभिड जन्य समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ ।

चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।  सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए । उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।

सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित थपिन थालेका छन् । केही दिनअघि मात्रै त्यहाँका अधिकारीहरूले कोरोना संक्रमणले मृत्यु हुनेको यकिन संख्या लिन आवश्यक नभएको समेत बताएकका थिए । कोरोनाका कारण मृत्यु हुने ९० प्रतिशत ६५ वर्षमाथिको उमेरका रहेको चिनीयाँ दाबी छ ।

Logo