संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पु-याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेका हुन् ।
उपमहासचिव ग्रिफिथले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेकाे समाचारमा जनाइएको छ । उनले भने– म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।
युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुँदै गएकाले यसका लागि सहयोग गर्न उनले सो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उनले सो आग्रह गरेकाे बताएका छन् । यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उपमहासचिव ग्रिफिथले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुँदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ ।
यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उपमहासचिव ग्रिफिथले बताएका थिए । -सिन्ह्वा





























प्रतिक्रिया