तिब्बतमा हिम पहिरो जाँदा कम्तीमा ८ जनाको मृत्यु

तिब्बतमा हिम पहिरो जाँदा कम्तीमा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको न्इङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

चीन सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । हिम पहिरोमा कति मानिस हराइरहेका छन् भन्ने बारेमा यकिन हुन बाँकी छ । 
 

Logo