पाकिस्तानमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो, १५० भन्दा बढी घाइते

पाकिस्तानमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो, १५० भन्दा बढी घाइते


पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा भएको बम विस्फोट परी मृत्यु हुनेको सङ्ख्या ५९ जना पुगेको छ ।

विस्फोटमा परेर १ सय ५० जनाभन्दा बढी मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । मृत्यु हुनेहरुमा गुकेही प्रहरीसमेत रहेका छन् । विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए । प्रहरी अधिकारी सिद्दिकी खानले एक जनाले पूजा गर्नेहरूका बीचमा आफूलाई राखेर विस्फोट गराएका थिए ।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ । तेहरिक–ए–तालिबान पाकिस्तान अर्थात टीटीपी भनेर चिनिने पाकिस्तानी तालिबानका कमाण्डर सरबकाफ मोहमन्दले ट्वीटरमार्फत आक्रमणको जिम्मेवारी लिएका हुन् । तर, सरबकाफको ट्वीटपछि टीटीपीका प्रवक्ता मोहम्मद खुरासानीले आफ्नो समूहको बम विष्फोट गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । मस्जिद, सेमिनार र धार्मिकस्थललाई लक्षित गर्ने आफ्नो नीति नभएको भन्दै प्रवक्ता खुरासानीले त्यस्ता कार्यहरूमा भाग लिनेहरूलाई टीटीपीको नीति अन्तर्गत दण्डनीय कारबाही हुने बताए ।

यसैबीच, प्रधानमन्त्री शहबाज शरिफले पेशावरमा घाइतेहरूलाई अस्पताल पुगेर भेट्नुका साथै बम विष्फोटमा संलग्नलाई कडा कारबाही गर्ने जनाएका छन् । 

Logo