कतारमा कोरोनाको कहर घट्दै

कतारमा कोरोनाको कहर घट्दै

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कतारमा कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय २३ जनाले स्वास्थ्य लाभ गरेका हुन् । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ८ हजार २ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७७ रहेको छ ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ५६ जनामा गरिएको परीक्षणमा थप २ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म कतारमा संक्रमितको सङ्ख्या १ लाख ११ हजार ३ सय २२ पुगेको छ ।संक्रमित मध्ये ३ सय ९५ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने थप २ सहित ७५ जनालाई आइसियुमा राखी उपचार जारि राखिएको छ ।

यहाँ कुल ३ हजार १४३ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका संक्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेका छन् । आजसम्म ५ लाख २ हजार ७ सय ९२ जनामा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्यमा कुनै समस्या भए मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर स्वास्थ्यको परीक्षण गर्न सकिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न सकिने छ ।

Logo