जो बाइडेनले लिए सपथ ग्रहण

जो बाइडेनले लिए सपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए ।

कमला ह्यारिसले जो बाइडेनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला हुन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् ।

जमैकन बाबु र भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी-अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एसियाली-अमेरिकी मुलकी समेत पहिलो उपराष्ट्रपति हुन् ।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन् ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन् ।

Logo