भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गरेका छन्।
गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमाएका छन् ।
प्रधानमन्त्रीको भारतीय जनता पार्टी र मोदीको राजनीतिक विरोधीहरूले अडानीको तीव्र उदयलाई उक्साउन प्रधानमन्त्रीको हात रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अरबपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउनेगरेका छन् ।
मोदीले अडानी समूहमाथिको सम्बन्धबारे संसदमा केही नबोलेपनि आफुमाथि लागेका आरोपहरूबारे भारतीय जनताले बुझेको बताए । उनले सरकारले निष्ठाका साथ काम गरेको बताए ।
प्रधानमन्त्री मोदीले भने- "जनतालाई थाहा छ कि सङ्कटको समयमा मोदी उनीहरूको सहयोगका लागि आएका छन्, उनीहरू तपाईंको गाली र आरोपसँग कसरी सहमत हुनेछन्? लाखौं मानिसहरूको विश्वास मेरो सुरक्षा कवच हो । यसलाई तपाईंको दुब्र्यवहार र आरोपले तोड्न सकिंदैन ।"
विपक्षी भारतीय काङ्ग्रेसका नेता गान्धीले हालै मोदीसँग अडानीको घनिष्ठ सम्बन्धका कारण ‘उहाँको व्यवसायको व्यापक विकास र विस्तार’ भएको बताएका थिए ।
‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भन्दै उनले ‘निर्लज्ज स्टक हेरफेर र लेखा धोखाधडी योजना’मार्फत् व्यापकरूपमा आर्थिक लाभ लिने गरेको आरोप हिन्डेनबर्गले अडानीलाई लगाएको थियो । अडानीले आफ्नो एकाईको शेयर मूल्यमा कृत्रिम रुपमा वृद्धि गरेको र ‘अफशोर ट्याक्स हेभन’मार्फत स्टकमा पैसा जम्मा गरेको इन्भेस्टमेन्ट ग्रुपले जनाएको छ ।
६० वर्षीय अडानी गत महिनासम्म एसियाका सबैभन्दा धनी व्यक्ति थिए तर शेयर बजारको उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा नाटकीय प्रभाव पारेको छ । उतारचढावसँगै फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा उनी तेस्रोबाट १७ औं स्थानमा झरेका छन् । -एएफपी





























प्रतिक्रिया