टर्कीए भूकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट एक व्यक्तिको जिवितै उद्धार

टर्कीए भूकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट एक व्यक्तिको जिवितै उद्धार

केन्द्रबिन्दु
0
Shares

दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए । खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए ।

गत सोमबारको ७.८ रेक्टरको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार नाघेकाे छ ।

भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा झन्डै तीनसय निमार्ण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं, टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा ध्यान दिइरहेका छन् ।त्यसमाथि हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।

Logo