अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तान ।

अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परि १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्य गरी कारबम आक्रमण भएको बताइएको छ । बिहीबार सो हमला भएको समाचारमा जनाइएको छ ।

आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस घटनामा परी दर्जनौं व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्वीकार गरेका छन् ।

यसअघि पनि गत माहिना मात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो । उक्त बम हमलामा परी भौतिक क्षति पनि पुगेको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै टोलो समाचारले जनाएको छ ।

उक्त समाचारले अहिलेसम्म सो हमलाको कसैले पनि जिम्मेवारी नलिएको जनाएको छ । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्य गरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतंककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा मृत्यु भएका व्यक्तिहरु सबै सर्वसाधारण नै रहेका अफगान सरकारको गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमण रक्तपातपूर्ण रहेको सो मन्त्रालयले जनाएको छ । टोलो समाचारले सो हमलामा घाइते भएका अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न पनि सक्ने जानकारी अधिकारीहरुले दिएका बताएको छ ।

यद्यपी लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको जनाइएको थियो । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको गत मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको बताएका छन् ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन आजबाट शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहने बताइएको छ । तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताएका छन् ।रासस

Logo