स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ ।
आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियल लिग लिडर बार्सिलोना भन्दा ९ अंकले पछि परेको छ । बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई १–० ले हराएको थियो ।
बराबरीपछि रियलको २४ खेलबाट ५३ अंक छ । बार्सिलोना समान खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा आसिन छ । २४ खेलबाट ४१ अंक रहेको बेटिस पाँचौं स्थानमा छ ।





























प्रतिक्रिया