पार्टनरलाई सरी भन्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी तरिका…

पार्टनरलाई सरी भन्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी तरिका…


सम्बन्धमा झगडा पर्नु सामान्य कुरा हो । कतिपय अवस्थामा साना–साना कुरामा जोडी बिच आपसमा झगडा पर्ने गर्छ । तर कहिलेकाहीँ यी साना झगडा पनि ब्रेकअपको कारण बन्ने गर्छन् । यस्तो अवस्थामा, यो कुरा धेरै महत्वपूर्ण हुन्छ की झगडापछि तपाइँको पार्टनरलाई कसरी मनाउनु हुन्छ ? यदि तपाईलाई आफ्नो पार्टनरसँग माफी माग्ने सही तरिका थाहा छैन भने अपनाउनुहोस् यी तरिका… 

१. आफ्नो गिल्टलाई व्यक्त गर्नुहोस्ः माफी माग्ने सबैभन्दा राम्रो तरिका भनेको आफ्नो पार्टनरलाई आफ्नो रुखो व्यवहारको लागि खेद छु भनी बताउनुहोस् । यस्तो अवस्थामा आफू किन गिल्ट फिल गरिरहेको छु भनि राम्रोसँग बताउनुहोस् 

२. खराब व्यवहारको जिम्मा लिनुहोसः आफ्नो पार्टनरसँग माफी माग्दा सधैं दिमागमा राख्नुहोस् कि पार्टनरलाई सरी नभन्नु तपाईंको गल्ती थियो । बिना कुनै हिचकिचाहट तपाईको पार्टनरको अगाडि तपाईको खराब व्यवहारको जिम्मेवारी लिनुहोस् । 

३. पश्चाताप गर्नुहोस्ः पार्टनरसँग गरेको खराब व्यवहारको लागि पश्चात्ताप गर्नुहोस् । यदि तपाईंले रिसमा आएर केहि बोल्नु भएको छ भने, माफी माग्नुहोस् र बताउनुहोस् कि तपाईं आफ्नो ब्यबहारका लागि माफी चाहनुहुन्छ । 

४. वाचा गर्नुहोस्ः झगडा धेरै बढ्यो भने, पार्टनरसँग माफी माग्दै, तिनीहरूलाई अब यस्तो गल्ती नदोहोरिने भनि आश्वासन दिनुहोस् । पार्टनरलाई भन्नुहोस् कि तपाई फेरि यस्तो गल्ती गर्नुहुन्न । 
 

Logo