काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच नेता थापा कांग्रेस प्रवेश गरेका हुन् । उनीसहित १३ जना नेताहरु कांग्रेस प्रवेश गरेका थिए ।
त्यस्तै राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो कुरा बताएका हुन् । १४ वर्षको अवधिमा सूचना नदिने २४ वटा सार्वजनिक कार्यालयका प्रमुखहरुलाई कारबाही गरिएको उनको भनाइ छ ।
मलेसियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले लाखौँ डलर भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनी विरुद्ध लागेका सात वटै अभियोगमा दोषी ठहर गरेको हो ।
त्यस्तैगरी नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता ल्याएको मौद्रिक नीतिको कार्यान्वयन सुरु गरेको छ । राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित, मध्यमप्रभावित र न्यूनप्रभावितलाई ऋणको किस्ता र ब्याज तिर्ने समय थप गरेको व्यवस्था कार्यन्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद साम्य पार्ने ६ सुझाव प्रस्तुत गरेका छन् । उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पाँच वर्षे कार्यकाल भरी प्रधानमन्त्री बन्ने र पार्टी एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि ओलीलाई नै राख्ने गरी सहमतिको प्रस्ताव पेश गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया