काठमाडौं ।
बलिउड नायिका दीपिका पादुकोण र साउथ इन्डियन सुपरस्टार प्रभाष एउटै फिल्ममा देखिने भएका छन्। यो जोडीलाई एकसाथ लिँदै छन् नाग अश्विनले। नाग एक साइन्स फिक्सन फिल्म बनाउँदै छन्। जसमा बाहुबली स्टार प्रभाष र दीपिका हुनेछन्। यो फिल्मका साथ दीपिका तेलुगु फिल्ममा डेब्यु गर्दै छिन् भने यो फिल्म प्रभाषको २० औं फिल्म हुनेछ।
जी न्युजका अनुसार यो फिल्ममा साइन गरेसँगै दीपिकाले कमाइको मामलामा एउटा इतिहास कायम गरेकी छिन्। निर्माताहरूले यो फिल्मका लागि प्रभाषलाई ५० करोड भारतिय रुपैयाँ भुक्तान गरेका छन् भने दीपिकाले यसमा २० करोड भारतीय रुपैयाँमा साइन गरेकी छिन्। यो राशीको पारिश्रमिकसँगै अब दीपिका भारतीय सिनेमाको इतिहासमै सबैभन्दा बडी कमाइ गर्ने नायिका भएकी छिन्।
प्रभाष र दीपिकालाई फिल्मका लागि साइन गरिसकिए पनि यसको नाम जुराइनसकिएको समाचारमा उल्लेख छ। यो ठूलो बजेटको फिल्म हुने र धेरै भाषामा रिलिज गरिने समाचारमा जनाइएको छ। एजेन्सी





























प्रतिक्रिया