१८ वर्षअघि आजकै दिन युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो !

१८ वर्षअघि आजकै दिन युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो !

केन्द्रबिन्दु
0
Shares

सन् २००५ मा आजकै दिन (अप्रिल २३) मा युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो । ‘मि याट द जु’ शीर्षकको १९ सेकेन्डको भिडियो अप्रिल २४ का दिन ३ बजेर ३१ मिनेटमा युट्युबमा अपलोड गरिएको थियो । 

भिडियोमा युट्युबका सहसंस्थापक जावेद करिमले अमेरिकाको सान डियागोस्थित चिडियाखानाबारे जानकारी दिएका छन् । त्यतिबेला करिम मात्र २५ वर्षका थिए । भिडियोमा चिडियाघरमा रहेका दुईवटा हात्ती देख्न सकिन्छ । उक्त भिडियो करिमको क्यामराको सहयोगले उनका साथी याकोभ लापित्स्कीले खिचेका हुन् । 

युनिभर्सिटी अफ डेलावयरका विद्यावारिधिका विद्यार्थी याकोभ अमेरिकन केमिकल सोसाइटीमा आफ्नो अनुसन्धान प्रस्तुत गर्न सान डियागो पुगेका बेला भिडियो खिचेका थिए । प्राविधिक हिसाबले कम गुणस्तरीय भएपछि उक्त भिडियोले विश्वव्यापी रूपमा डिजिटल युगको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको ठानिन्छ ।

१७ वर्षअघि युट्युबमा अपलोड गरिएको ‘मि याट द जु’ हालसम्म २६ करोड ३० लाख पटक हेरिसकिएको छ । दर्शकहरूले भिडियोमा १ करोड ११ लाख ८९ हजार १ सय ५७ वटा प्रतिक्रिया जनाएका छन् ।

Logo