वासिङटन ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनीहरूले बुधबार (आज) शपथ लिँदैछन् । शपथ ग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा बढी हो ।
विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण समारोह अगाडि हिंसा हुन सक्ने आशंका गरेको छ । हजारौं प्रहरी र सुरक्षाकर्मीका साथै नेशनल गार्डका २५ हजारभन्दा बढी जवान तैनाथ गरिएको छ ।
अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भागमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ । पूरै शहरमा सुरक्षा सतर्कता बनाइएको छ ।
राज्यका संसद् भवनमा सुरक्षा सतर्कता राखिएको छ । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भीडले गरे जस्तो हिंसक आक्रामक घटना हुने आशंकामा सुरक्षा अधिकारीलाई सजग बनाइएको छ । वासिङटन डिसीका मेयर मुरियल बाउजरले भनेका छन्, ‘प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ । कुनै पनि खालको आक्रमणसँग जुध्न तयार छौँ ।’
एफबीआईले आफ्नो आन्तरिक बुलेटिनमा वासिङटन र ५० वटै राज्यका संसद् भवनमा हिंसा हुन सक्ने आशंका व्यक्त गरेको छ ।एजेन्सी





























प्रतिक्रिया