भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम, एकै दिन साढे चार लाख नागरिकले गरे हवाई यात्रा

भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम, एकै दिन साढे चार लाख नागरिकले गरे हवाई यात्रा

केन्द्रबिन्दु
0
Shares

भारतको आन्तरिक उडडयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ ।  एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरेपछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो । 

गत आइतबार अर्थात ३० अप्रिलका दिनमा  ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो ।

भारतीय सञ्चारमाध्यमकाच अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन् ।

इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीएं) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ ।

Logo