दृष्टिविहीन उत्कृष्ट फोटोग्राफर, एसारा इस्माइल को हुन् ?

दृष्टिविहीन उत्कृष्ट फोटोग्राफर, एसारा इस्माइल को हुन् ?

केन्द्रबिन्दु
0
Shares

मनुष्य आफैले आफ्नो भित्री विशेषता वा क्षमतालाई चिन्न सक्नुपर्छ। मनुष्यले चाहेमा हरेक असम्भव कुरालाई सम्भव पार्न सक्छ । लगनशीलता भएको मान्छेको लक्ष्य पूरा हुन आर्थिक अवस्थादेखि तथा शारीरिक दुर्बलता बाधा बन्दैन भन्ने कुरा पुष्टि गर्ने थुप्रै उदाहरण छन् । 

फोटोग्राफरको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उसको आँखा हो । तर यदि कोही दृष्टिविहीन र ऊ संसारकै उत्कृष्ट फोटोग्राफर हो भन्दा पत्याउन गाह्रो हुन्छ । तर यो सत्य हो । आज हामी यस्ती युवतीको कुरा गरिरहेका छौँ जो देख्न सक्दिनन् तर आफ्नो फोटोग्राफीको कारणले चर्चामा छिन् । को हुन् उनी ? प्रस्तुत छ दृष्टिविहीन फोटोग्राफर एसारा इस्माइलको कथा।

फोटोग्राफरको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उसको आँखा हो । तर यदि कोही दृष्टिविहीन र ऊ संसारकै उत्कृष्ट फोटोग्राफर हो भन्दा पत्याउन गाह्रो हुन्छ ।

No description available.

इजिप्टमा जन्मिएकी २३ वर्षिया एसारा दृष्टिविहीन भएर पनि राम्रो फोटोग्राफरका रुपमा परिचित छिन् । झट्ट सुन्दा यो कुरा अपत्यारिलो लाग्न सक्छ किनभने फोटोग्राफीका लागि लाइट, एंगल, क्यामेरा सेटिङ जस्ता धेरै कुराहरूमा विचार पु-याउनुपर्छ। तर एसारा यी कुराहरुबिना नै उत्कृष्ट फोटोग्राफी गर्छिन् । दृष्टिविहीन फोटोग्राफरका रुपमा चर्चित एसारा आफ्नो देशमा यो उपलब्धि हासिल गर्ने पहिलो महिला पनि हुन् । उनलाई फोटोग्राफीको रहर त बाल्यकालदेखि नै थियो तर नहेरी फोटोग्राफी गर्न सम्भव थिएन । उनले यति मेहेनत गरिन् कि असम्भव कामलाई पनि उनले सम्भव पारिदिइन्।

एसाराले आफ्नो कल्पनाशक्तिलाई यसरी विकसित पारिन् कि हाल उनी कुनै पनि वस्तुको फोटो सजिलै क्लिक गर्न सक्छिन् ।

एसाराले अलेक्जान्ड्रिया विश्वविद्यालयको कला संकायको अरबी भाषा विभागबाट अध्ययन गरेकी छिन्। यही समयमा फोटोग्राफीप्रति उनको मोह जाग्यो । उनले आफ्नो सपना पूरा गर्न धेरै कठिनाइहरूको सामना गरिन्। यसका लागि उनले सबैभन्दा पहिले फोटोग्राफीको विशेषता पहिल्याइन् । यसपछि उनले आफ्नो कल्पनाशक्तिलाई यसरी विकसित पारिन् कि हाल उनी कुनै पनि वस्तुको फोटो सजिलै क्लिक गर्न सक्छिन् ।

No description available.

यसअघि उनले यो काममा धेरै अप्ठ्याराहरु झेल्नुपरेको थियो । उनले खिचेका फोटोको क्वालिटी पनि राम्रो हुँदैनथ्यो र उनलाई कसैले पत्याउँदैनथे । तर उनको मिहिनेत र निरन्तर अभ्यासपछि फेटोग्राफीलाई उनले रहर र सपनाबाट सीपमा परिणत गरिन् । 

दृष्टिविहीन फोटोग्राफरका रुपमा चर्चित एसारा एक्ली भने होइनन् । भारतका प्रणव लाल पनि फोटोग्राफर हुन् जसले देख्न सक्दैनन् तर पनि उत्कृष्ट फोटोग्राफर भनेर चिनिन्छन्। त्यस्तै, जर्मनीको राजधानी बर्लिनमा बस्ने फोटोग्राफर सिलिया कोर्न पनि दृष्टिविहीन फोटोग्राफर हुन् । १२ वर्षको उमेरमा उनले कार दुर्घटनामा आँखाको ज्योति गुमाएकी थिइन्। तर क्यामेराप्रतिको उनको लगाव भने कायमै रह्यो ।

Logo