रुसी राष्ट्रपति पुटिनले हटाए जर्जियामा भिसा र उडान प्रतिबन्ध

रुसी राष्ट्रपति पुटिनले हटाए जर्जियामा भिसा र उडान प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गरेका छन् ।

सो आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ । यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुनेछैन।

त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्वप्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई  ८ मा लागू भएको थियो । राष्ट्रपति पुटिनले दुई देश बीच बढेको तनावका कारण रुसबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएको थियो । -सिन्ह्वा

Logo