विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो, संक्रमित कति ?

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो, संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ४२ लाख २१ हजार ३९९ मध्ये ८४ लाख ९० हजार ६४६ व्यक्ति संक्रमण मुक्त भएका छन् । प्राप्त समाचार अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ लाख १३२ जना व्यक्तिको मृत्यु भएको छ ।

हाल विश्वभरमा ५१ लाख ३० हजार ६३१ कोरोना भाइरस संक्रमित को उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।

Logo