आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिइएको छ। आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो।  भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो। 

गुलिबाग निवासी इरफानले ६ वर्षअघि होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गरेका थिए। त्यसपछि मस्जिदमा उपस्थित तबलिगी जमातका मानिसहरूले उनलाई समातेका थिए। 

आफूलाई पैगम्बर घोषणा गरेर मुस्लिम समुदाय र इस्लाम धर्म माथी चुनौती दिएको भन्दै उनलाई पक्राउ गरेर प्रहरीसमक्ष बुझाइएको थियो। तत्कालै, इरफानलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको थियो।

तर, पाकिस्तानी आतंकवाद सबन्धी अदालतले उनलाई धार्मिक भडकाव गरेको तथा इस्लाम धर्ममाथी धावा बोलेर सिंगो मुसुलमान समुदायमाथी अपमान गरेको अभियोगमा हालै मृत्युदण्ड दिइएको हो। 

Logo