अफगानिस्तानको उत्तरी सर-ए-पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराइएको छ । विषाक्त सेवन गर्न दिईएका कारण बिरामी परेका छात्राहरुलाई हाल अस्पतालमा भर्ना गरिएको थियो। उनीहरुको उपचार जारी रहेको छ।
स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन्। प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन्।





























प्रतिक्रिया