अन्तरिक्षबाट ६ महिनापछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

अन्तरिक्षबाट ६ महिनापछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

केन्द्रबिन्दु
0
Shares

अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्बीमा सकुशल फर्केका छन्।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्वजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन्। उनीहरु बेइजिङ समय अनुसार हिजाे बिहान ६: ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेका हुन्।

सो मिसनका कमाण्डर फेइ भने,‘हामीले निर्धारित सबै काम पूरा गरेका छौँ।’ अमेरिका र रुसपछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेका छ।

Logo