दुइदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री चीन पुगे

दुइदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री चीन पुगे

केन्द्रबिन्दु
0
Shares

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुइदिने भ्रमणका लागि बेइजिङ पुगेका छन्। अमेरिकी उच्च अधिकारीको पाँचवर्ष यताकै यो पहिलो भ्रमण भएको बीबीसीले जनाएको छ। 

भ्रमणका क्रममा ब्लिन्केनले चीनीयाँ समकक्षी र शीर्ष चीनीयाँ विदेश मामिला सम्बन्धि अधिकारीहरुसंग भेट गर्ने बताइएको छ।तर उनले त्यहाँका राष्ट्रपतिसँग भेट गर्नेबारे अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ। 

अमेरिकी अधिकारीहरुले, अहिलेसम्मकै तनावपूर्ण अवस्थामा पुगेको दुइदेशबीचको सम्बन्ध सुधार यो भ्रमणको पहिलो लक्ष्य हुने बताएका छन्। पाँच महिना अघि नै भ्रमणको तयारी गरेका ब्लिन्केनले चीनीयाँ जासुसी बलुन अमेरिकी हवाई क्षेत्रमा देखिएपछि रद्द गरेका थिए। 

Logo