चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ।  निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

ग्यास ट्यांक विष्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।घटनाप्रति दुख ब्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। यसैबीच प्रहरीले सो विस्फोटको घटनापछि नौ जनालाई नियन्त्रणमा लिएको छ।

त्यसमा सो रेष्टुरेन्टका मालिक समेत रहेको बीबीसीले जनाएको छ। विस्फोटपछिको आगो निभाउन २० वटा सवारी साधनसहित १ सयभन्दाबढी अग्नी नियन्त्रक खटिएइका थिए। 

Logo