अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने

अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ। अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो।  

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ। सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ। 

मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ। अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन्।  मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए। तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन्। 

Logo