इथोपियामा भोकमरीमा परी ७ सय जनाको मृत्यु भएको छ। इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा गत सात दिनमा भोकमरीका कारण ७ सय भन्दा बढी मानिसको मृत्यु भएको हो।
अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार यसको पछाडिको वास्तविक कारण संयुक्त राष्ट्र र अमेरिकाबाट अनाज र खाद्यान्नको आपूर्ति रोकिदिँदा यो समस्या आएको हो।
जसअनुसार खाँचोमा परेकाहरूलाई दान गरिएको गहुँ चोरीको आरोप लागेपछि संयुक्त राष्ट्र र अमेरिकाले गत मार्चमा टिग्रेमा खाद्य सहायता रोकेको थियो। त्यसपछि उनीहरुले जुनको शुरुदेखी इथियोपियाको बाँकी भागमा खाद्य सहायतालाई क्रमशः घटाए। जसको परिणाम स्वरुप टिग्रेमा भोकमरीका कारण ७ सय जनाले ज्यान गुमाएका हुन्।
सो घटनलाई लिएर अमेरिका र संयुक्त राष्ट्र संघको चर्को आलोचना भएको छ। एक इथोयिाली नागरिकले भने,'यो मानवीय अपराध हो, यो अपराधको सजायँ तीनीहरुलाई दिनैपर्छ।'





























प्रतिक्रिया