मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ। गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ। यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरुले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको छ। चर्को गर्मीका कारण मानिसहरु असहाय देखिएका छन्।  मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। अर्कोतर्फ गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो। त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिर्पोटमा जनाइएको छ। ६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेको छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।

यसैबीच हालैका दिनमा यहाँको तापक्रम घटेको खबर आएको छ। वास्तवमा चर्को गर्मीको सामना गरिरहेका जनताले वर्षाले राहत पाएका छन्। यद्यपि, केही उत्तरी शहरहरूमा अझै उच्च तापक्रम रेकर्ड गरिएको छ। सोनोरा राज्यको एकोन्ची सहरमा बुधबार अधिकतम तापक्रम ४९ डिग्री सेल्सियस रहेको थियो।

Logo