चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

केन्द्रबिन्दु
0
Shares

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् ।

सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन्  । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा  चिनिया कम्यनिष्ट पार्टीको १०२औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको  पाइएको छ । -सिन्ह्वा

Logo