ट्वीटरमा नयाँ अकाउन्टबाट दैनिक पाँचसय ट्वीट मात्रै पढ्न पाइने

ट्वीटरमा नयाँ अकाउन्टबाट दैनिक पाँचसय ट्वीट मात्रै पढ्न पाइने

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन्।मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ।

यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ। मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गरेका छन्। शुरुमा शनिबार दिउँसो उनले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताएका थिए।

त्यस्तै, अनभेरिफाइड अकाउन्टबाट प्रतिदिन ६ सय र नयाँ खाताबाट ३ सय वटा मात्रै ट्विट पढ्न पाइने उनको भनाइ थियो। तर केहीबेरमा अर्को ट्वीट गर्दै उनले भेरिफाइड अकाउन्टबाट ८ हजार, अनभेरिफाइड अकाउन्टबाट ८ सय र नयाँ प्रयोगकर्ताले ४ सय वटा मात्रै ट्वीट पढ्न पाउने उल्लेख गरेका छन्।

अन्तमा मस्कले भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार, भेरिफाइड नभएका अकाउन्टबाट एक हजार र नयाँ ट्वीटर खाताबाट दैनिक पाँच सयका दरले ट्वीट गर्न पाइने बताए।

Logo