चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान

चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान

केन्द्रबिन्दु
0
Shares

चिनियाँ अर्बपति तथा अलिबाबा समूहका सह-संस्थापक ज्याक माले आफ्नो अप्रत्याशित पाकिस्तान भ्रमणले सबैलाई चकित पारिदिएका छन्। 

उनी चुपचाप पाकिस्तान पुगेका थिए र दूतावासलाई पनि कुनै जानकारी दिएनन्। मिडिया रिपोर्टका अनुसार बोर्ड अफ इन्भेस्टमेन्ट (बीओआई) का पूर्वअध्यक्ष मुहम्मद अजफर अहसानले भ्रमणको पुष्टि गर्दै ज्याक मा २९ जुनमा लाहोर पुगे र २३ घण्टा बसेको बताए। 

ज्याक माले भर्खरै आफ्नो नेपाल भ्रमण पूरा गरे। सो क्रममा उनले ठमेल,भक्तपुर दरबार स्क्वायर, कालीमाटी तरकारी बजारलगायतका ठाउँको भ्रमण गरेका थिए। 

पूर्वराज्यमन्त्री र लगानी बोर्ड (बीओआई) का अध्यक्ष मुहम्मद अजफर अहसानले ट्वीटमा ज्याक मा व्यक्तिगत भ्रमणमा लाहोरमा भएको खुलासा गर्दै थपे कि चिनियाँ दूतावासलाई पनि उनको पाकिस्तान भ्रमण र घटनाहरूको विवरणबारे जानकारी छैन।  उनीसँगै एक अमेरिकी र पाँच चिनियाँ नागरिकसहित सात जनाको समूह पाकिस्तान आइपुगेका हुन्।

Logo