श्रीलङ्काका निजी विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजे ऋणकाे व्यवस्था

श्रीलङ्काका निजी विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीहरूलाई निर्ब्याजे ऋणकाे व्यवस्था

केन्द्रबिन्दु
0
Shares

सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलङ्काका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजे ऋणको व्यवस्था गरिँदैछ । 

मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् । 

ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् ।

मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने व्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।

सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा ३ लाख ३३ हजार ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्ये केवल ३० हजार विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन् । -सिन्ह्वा

Logo