इजरायल र प्यालेस्टाइनबीच केही दिनदेखि जारी तनाव सोमबारबाट खतरनाक बन्दै गएको छ। इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गरेको थियो। जसमा ८ प्यालेस्टिनी मारिएका छन्।
आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए। यो अपरेशन चलिरहेको छ। यसैबीच प्यालेस्टाइनको आतंकवादी संगठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ।
अर्कोतर्फ इजरायलले जेनिनमा रहेको शरणार्थी शिविरलाई आतंकवादी लुकाउन र हतियार राख्न प्रयोग भइरहेको छ। इजरायलले पनि उनीहरुको तस्विर सार्वजनिक गरेको छ।
प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो। यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो।
‘टाइम्स अफ इजरायल’का अनुसार आक्रमणमा ८ प्यालेस्टाइनीको मृत्यु भएको छ। २० जना पक्राउ परेका छन्। जेनिनलाई शरणार्थीहरूको सहर भनिन्छ, तर यहाँका शरणार्थी शिविरहरूलाई आतंकवादी लुकाउने ठाउँको रूपमा प्रयोग भइरहेको छ। इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ।





























प्रतिक्रिया