भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ।चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ। यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ। यो आज दिउँसो २.३५ बजे त्यसकाे प्रक्षेपण सुरु हुनेछ।
चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुनेबित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ। चन्द्रयान-३ को प्रक्षेपण हुनुअघि, चन्द्रमा ल्यान्डर विक्रमलाई GSLV मार्क ३ हेभी लिफ्ट लन्च भेहिकलमा राखिनेछ, जसलाई बाहुबली रकेट भनिएकाे छ। यसलाई लन्च भेइकल मार्क ३ (LM-3) नाम दिइएको छ।
GSLV ४३.५ मिटर उचाइ छ। अर्थात् यसको उचाइ दिल्लीमा रहेको कुतुबमिनार भन्दा बढी छ। चन्द्रयान–३ प्रक्षेपण भएको ४० दिनपछि अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।
पहिलो पटक, भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ, जहाँ पानीको निशान फेला परेको छ। सन् २००८ मा भारतको पहिलो चन्द्रमा मिसनमा भएको खोजले विश्वलाई चकित पारेको थियो।
विक्रमको उद्देश्य सुरक्षित, नरम अवतरण गर्नु हो। यसपछि, ल्यान्डरले रोभर प्रज्ञान छोड्नेछ, जुन चन्द्रमाको सतहमा एक चन्द्र दिन (१४ पृथ्वी दिन बराबर) घुम्नेछ र वैज्ञानिक प्रयोगहरू पनि गर्नेछ।
यस मिसन अन्तर्गत, वैज्ञानिकहरूले चन्द्रमाको माटोको विश्लेषण गर्ने, चन्द्रमाको सतहको वरिपरि घुम्ने र चन्द्रमासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारीहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।
इसरोले अघिल्लो चन्द्र अभियानका क्रममा भएको गल्तीबाट पाठ सिकेर ल्यान्डरमा इन्जिनको संख्या पाँचबाट घटाएर चारमा राखेको र सफ्टवेयरलाई पनि अपडेट गरेको जनाएको छ। सबै कुरा ठीकसँग परीक्षण गरिएको छ।





























प्रतिक्रिया